मधेसको शैक्षिक सुधारका लागि प्रचण्डलाई पहल गर्न आग्रह
मधेसको शैक्षिक सुधारका लागि प्रचण्डलाई पहल गर्न आग्रह
    • बेल संचार

    • १६ फाल्गुन २०८१, शुक्रबार

काठमाडौँ ।

तराई मधेस जागरण अभियानका लागि प्रचण्डलाई शैक्षिक सुधारको पहल गर्न आग्रह गरिएको छ। सप्तरीको इन्टलेक्चुअल फाउन्डेसन नेपालले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डलाई आज राजविराजमा ज्ञापनपत्र बुझाउँदै मधेशको शैक्षिक अवस्थाबारे ध्यान दिन अनुरोध गरेको हो।

फाउन्डेसनले मधेशको शिक्षा बिग्रिनुका १३ कारण देखाएको छ, जसमा विद्यालयमा राजनीतिक हस्तक्षेप, शिक्षकलाई प्रशासनिक काममा लगाउनु, सरकारको शिक्षाप्रति उदासीनता, नातावाद र कृपावाद, विद्यालयको कमजोर भौतिक अवस्था, दलगत प्रभाव, र मातृभाषाको उपेक्षा जस्ता कारण उल्लेख गरिएको छ।

फाउन्डेशनका अध्यक्ष डा. सूर्यप्रसाद यादवले मधेशको शैक्षिक अवस्थाको सुधारका लागि सङ्घीय सरकारले कूल बजेटको कम्तीमा २५ प्रतिशत, प्रदेश सरकारले २० प्रतिशत र स्थानीय सरकारले १५ प्रतिशत बजेट शिक्षामा लगानी गर्न बाध्यात्मक कानुन बनाउनुपर्ने माग गरेका छन्।

राष्ट्रिय जनगणना २०७८ अनुसार मधेस प्रदेशको साक्षरता दर ६३.५५ प्रतिशत मात्र रहेको छ, जुन काठमाडौँको दुर्गम कर्णाली प्रदेशको साक्षरता दर ७६.१ प्रतिशत भन्दा पनि कम हो। संविधानले प्रत्येक नेपालीलाई शिक्षा पाउने हक सुनिश्चित गरेपनि, मधेशको शिक्षा सुधारको पक्षमा थोरै प्राथमिकता दिइएको भन्दै अध्यक्ष यादवले प्रचण्डसँग पहलको आग्रह गरेका छन्।

साताकाे चर्चित
सम्बन्धित