सिँजा बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका सन्तोष आचार्य निर्विरोध
सिँजा बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका सन्तोष आचार्य निर्विरोध
    • उमेश बुढा

    • २७ फाल्गुन २०८१, मंगलवार

 जुम्ला

सिँजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का सन्तोष आचार्य निर्विरोध निर्वाचित भएका छन्।

चारवटा विद्यार्थी सङ्गठनको सहमतिका आधारमा मंगलबार आचार्य सभापतिमा निर्वाचित भएको स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत तिर्थ बहादुर नेपालले जानकारी दिनुभयो।

अन्य पदाधिकारीहरू यस प्रकार छन्:

  • उपसभापति: अनेरास्ववियुका महेन्द्रराज बम
  • सचिव: नेविसंघका राजिन्दा शाही
  • कोषाध्यक्ष: अखिल समाजवादीका तुलराज तिरुवा
  • सदस्यहरू:
    • नेविसंघका राजन बम
    • अखिल समाजवादीका मोहन भण्डारी
    • अखिल समाजवादीका सोविन्द बम

निर्वाचन अधिकृत नेपालका अनुसार सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन्।

सिँजा बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालय अन्तर्गत विसं २०६७ मा स्थापना भएको हो। हाल उक्त क्याम्पसमा १८० जना विद्यार्थी अध्ययनरत छन्।

सन्तोष आचार्य यसअघि पनि एक पटक सभापति भइसकेका थिए। यसपटक पुनः सभापति निर्वाचित भई उनले दोस्रो कार्यकाल सम्हाल्ने भएका छन्।

साताकाे चर्चित
सम्बन्धित