प्रतिनिधिसभाले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ दफाबार छलफलका लागि समितिमा पठायो
प्रतिनिधिसभाले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ दफाबार छलफलका लागि समितिमा पठायो
    • बेल संचार

    • ६ चैत्र २०८१, बुधबार

काठमाडौँ ।

प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो। त्यसपछि सभामुख देवराज घिमिरेले प्रस्तावलाई सर्वसम्मति अनुमोदन गर्दै विधेयक समितिमा पठाइएको घोषणा गर्नुभयो।

त्यसैगरी, बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नुभएको थियो।

प्रतिनिधिसभामा प्रस्तुत विधेयकहरू आगामी बैठकहरूमा छलफल गरिनेछ।

साताकाे चर्चित
सम्बन्धित