सरकारले अबको एक वर्षभित्र ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य राखेको छ
सरकारले अबको एक वर्षभित्र ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य राखेको छ
    • बेल संचार

    • ७ चैत्र २०८१, शुक्रबार

काठमाडौँ ।

राष्ट्रिय सभामा मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा खानेपानी मन्त्री प्रदीप यादवले सरकारको लक्ष्यबारे जानकारी दिएका छन् कि आगामी एक वर्षभित्र ५७ प्रतिशत नागरिकलाई स्वच्छ खानेपानी पुर्याउने लक्ष्य राखिएको छ।

सांसद भुवनबहादुर सुनारले हाल १९ प्रतिशत नागरिकमा मात्र गुणस्तरीय पानीको पहुँच रहेको भन्दै यसमा सुधार गर्ने योजना के छ भनेर सोधेका थिए। उनले शतप्रतिशत नागरिकलाई गुणस्तरीय पानी कहिलेसम्म उपलब्ध गराइने हो भन्ने प्रश्न पनि गरेका थिए।

जवाफमा मन्त्री यादवले २७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानीको पहुँच पुगेको तथ्याङ्क प्रस्तुत गर्दै भने, “यसमा वृद्धि भएको तथ्यांक अद्यावधिक हुन बाँकी छ, तर हामी रफ्तारमा काम गर्दै छौं।” उनले सरकारको योजना भनेको एक वर्षभित्र ५७ प्रतिशत नागरिकमा स्वच्छ पानी पुर्याउनु रहेको बताए। यो लक्ष्य जटिल रहेको भए पनि काम अघि बढिरहेको उनले बताए।

नेपालमा ४२ हजार खानेपानी उपभोक्ता समिति रहेको उल्लेख गर्दै मन्त्री यादवले यी समितिहरू र दातृ निकायहरूको सहयोगले उक्त लक्ष्य पुरा गरिने बताएका छन्।

तीन तहका सरकारबीच समन्वय गरेर यो काम अघि बढाइने उनले भने।

साताकाे चर्चित
सम्बन्धित