काठमाडौं ।
एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेल खेल्न नेपाली फुटबल टोली शनिबार मलेसिया पुगेको छ।
शुक्रबार सिंगापुरसँग मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली सोझै मलेसिया प्रस्थान गरेको हो। नेपालले आगामी मार्च २५ मा मलेसियासँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ।
छनोट खेलका लागि नेपाली टोली उच्च तयारीमा रहेको बताइएको छ।