सभामुख घिमिरे आईपीयू महासभामा सहभागी हुन उज्वेकिस्तान जाँदै
सभामुख घिमिरे आईपीयू महासभामा सहभागी हुन उज्वेकिस्तान जाँदै
    • बेल संचार

    • १० चैत्र २०८१, आईतवार

काठमाडौँ ।

सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५० औं महासभामा सहभागी हुन उज्वेकिस्तान प्रस्थान गर्ने भएका छन्।

सभामुख घिमिरे नेतृत्वको ९ सदस्यीय टोली यही चैत २० गते उज्वेकिस्तान जाने तय भएको छ। उक्त टोली आगामी वैशाख २ गते स्वदेश फर्किनेछ।

दुई हप्ता लामो भ्रमणमा प्रमुख चार राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुनेछन्। नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्य, नेपाली कांग्रेसबाट प्रमुख सचेतक श्याम घिमिरे, माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्य सूर्यमान दोङ, तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद सोविता गौतम सभामुखसँगै उज्वेकिस्तान जानेछन्।

यस्तै, संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधिसभा सचिव हर्क राई, अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका उपसचिव राजु रिमाल, र सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई पनि टोलीमा रहनेछन्।

साताकाे चर्चित
सम्बन्धित