दाङको घोराहीमा सांग्रिला प्लाई उद्योगमा भीषण आगलागी
दाङको घोराहीमा सांग्रिला प्लाई उद्योगमा भीषण आगलागी
    • बेल संचार

    • ११ चैत्र २०८१, सोमबार

दाङ ।

दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा भीषण आगलागी भएको छ। आज बिहान करिब २ बजे सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार आगो निभाउने प्रयास जारी रहेको छ। जिल्लाका सबै स्थानबाट दमकल र ट्यांकर मगाइ आगो नियन्त्रणको प्रयास भइरहेको छ भने बाँके र रुपन्देहीबाट पनि दमकल ल्याइएको छ।

आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दा खटिएका छन्। आगलागी क्षेत्रनजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको प्रजिअ लम्सालले जानकारी दिए।

हालसम्म आगलागीको कारण खुल्न सकेको छैन।

साताकाे चर्चित
सम्बन्धित