काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हवाई सेवा विधेयकबारे विज्ञ तथा सरोकारवालाहरूको राय संकलन थालेको छ।
सरकारले हालै प्रतिनिधि सभामा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक दर्ता गरेको छ।
उक्त विधेयकबारे धारणा बनाउने क्रममा रास्वपाले विज्ञहरूसँग छलफल गरिरहेको हो।
रास्वपाको संसदीय दलको कार्यालय सिंहदरबारमा यस विषयमा छलफल जारी रहेको छ।