शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई मानक विश्वविद्यालय बनाउने प्रस्ताव
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई मानक विश्वविद्यालय बनाउने प्रस्ताव
    • बेल संचार

    • ११ चैत्र २०८१, सोमबार

काठमाडौँ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई मानक विश्वविद्यालयका रूपमा स्थापित गर्न कानुनी प्रावधान बनाउन सुझाव दिएकी छन्।

सोमबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथिको दफावार छलफलका क्रममा मन्त्री भट्टराईले विश्वविद्यालयमा देखिएका प्रमुख समस्याहरू समाधान गर्न विधेयकमा स्पष्ट व्यवस्था गर्नुपर्ने बताइन्।

उनका अनुसार विश्वविद्यालयहरूमा तीन प्रमुख समस्या रहेका छन्:

  1. क्यालेन्डर व्यवस्थापन – विश्वविद्यालयहरूको शैक्षिक सत्र स्पष्ट र व्यवस्थित हुनुपर्ने।

  2. जनशक्ति व्यवस्थापन – दक्ष जनशक्तिको उचित व्यवस्थापन आवश्यक रहेको।

  3. नेतृत्वको जिम्मेवारी – विश्वविद्यालयको नेतृत्व कसले गर्ने र त्यसको जिम्मेवारी कसले वहन गर्ने भन्ने विषय स्पष्ट हुनुपर्ने।

मन्त्री भट्टराईले पछिल्लो समय विश्वविद्यालयमा हुने झैझगडा, तालाबन्दी, र अनुशासनहीनताका घटनाहरू बढ्दै गएकाले त्यसलाई रोक्न विशेष प्रावधान आवश्यक रहेको बताइन्। उनले भनिन्, हामीले यो विश्वविद्यालयलाई मात्र होइन, नेपालका सबै विश्वविद्यालयमा एक मानक स्थापित गर्नुप

साताकाे चर्चित
सम्बन्धित