जनार्दन शर्मा प्रभाकारको भनाइ: कुलमान घिसिङको हटाइ सरकारको ठूलो गल्ती
जनार्दन शर्मा प्रभाकारको भनाइ: कुलमान घिसिङको हटाइ सरकारको ठूलो गल्ती
    • बेल संचार

    • १२ चैत्र २०८१, मंगलवार

जनार्दन शर्मा

काठमाडौँ ।

माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकरले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनलाई सरकारले ठूलो गल्ती गरेको टिप्पणी गरेका छन्। उनले मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै भने, “सरकारले कुलमानलाई हिजो हटाएपछि के के आरोप लगाइयो होला भनेर हेरेको थिएँ। उसले (कुलमान) काम गर्न नसकेको आरोप लागेको छ।”

शर्माले सरकारको आरोपलाई अस्वीकार गर्दै भने, “यो आरोप कसैले पत्याउँदैन, मन्त्रीज्यू! यस्तो वाहियात तर्क गरेर काम गर्ने व्यक्तिलाई हटाउनु दुखद हो। यो निर्णय सरकारले सच्याओस्।” उनले थपे, “मैले कुलमानलाई योग्यतम व्यक्तिहरूमध्ये एकको रूपमा बजारबाट नियुक्त गरेको थिएँ र परिणामले त्यो प्रमाणित पनि गरेको छ। त्यसैले सरकारले ठूलो गल्ती गर्‍यो र भोली पश्चात्ताप गर्नुपर्नेछ।”

साताकाे चर्चित
सम्बन्धित