विवादित धर्मगुरु आचार्य श्रीनिवास राजावादी समूहको आन्दोलनमा उपस्थित
विवादित धर्मगुरु आचार्य श्रीनिवास राजावादी समूहको आन्दोलनमा उपस्थित
    • बेल संचार

    • १५ चैत्र २०८१, शुक्रबार

काठमाडौं ।

 विवादित धर्मगुरु आचार्य श्रीनिवास राजावादी समूहको आन्दोलनमा सहभागी हुन तिनकुने पुगेका छन्। उनी अहिले कोणसभा हुने स्थानमै छन्।

यसअघि, श्रीनिवासलाई विवादित अभिव्यक्ति दिएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। उनलाई सामाजिक सद्भाव भड्काउने तथा सार्वजनिक शान्ति खल्बलाउने आरोप लगाइएको थियो। साथै, उनीमाथि प्रहरीले ढुंगामुढा गरेको आरोपसमेत रहेको छ।

आजको आन्दोलनका क्रममा तिनकुनेबाट नयाँ बानेश्वरतर्फ जान खोजेपछि राजावादी समूह र प्रहरीबीच धकेलाधकेल भएको छ। स्थिति केहीबेर तनावपूर्ण बनेको थियो।

प्रहरीले प्रदर्शनलाई शान्तिपूर्ण रूपमा सञ्चालन गर्न माइकिङ गर्दै आग्रह गरिरहेको छ। तर, अहिले पनि विभिन्न रुटबाट राजावादीहरू तिनकुनेतर्फ आइरहेका छन्, जसले आन्दोलन थप चर्किन सक्ने देखिन्छ।

साताकाे चर्चित
सम्बन्धित