काठमाडौं ।
काठमाडौंको तीनकुनेमा राजावादी समूहको प्रदर्शन उग्र बनेपछि एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ।
प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती महिला प्रहरीको टाउकोमा चोट लागेको हो।
यो घटनापछि तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ र सुरक्षा व्यवस्था कडा पारिएको छ।