कोटेश्वरस्थित जडीबुटी कम्पनीमा आगजनी, नियन्त्रण अझै हुन सकेन
कोटेश्वरस्थित जडीबुटी कम्पनीमा आगजनी, नियन्त्रण अझै हुन सकेन
    • बेल संचार

    • १५ चैत्र २०८१, शुक्रबार

काठमाडौं ।

कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।

कम्पनीकी महाप्रबन्धक संगीता यादवका अनुसार कार्यालयको मुख्य भवनमा आगलागी भएको छ। सोही भवनसँगै ‘सञ्चो’ उत्पादन हुने अर्को भवनसमेत रहेको छ।

स्टोरमा प्रज्ज्वलनशील पदार्थहरू रहेका कारण आगो झन् भयावह बन्न सक्ने चेतावनी दिँदै यादवले भनिन्, “उक्त भवनमा २५ टन तेल छ। आगो फैलिएमा जडीबुटी क्षेत्र नै ध्वस्त हुनसक्छ। तर, अहिलेसम्म आगो निभाउन कुनै पहल भएको छैन।”

यसैबीच, दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनकारी समूहले कम्पनीको पार्किङ क्षेत्रमा रहेका आधा दर्जन सवारी साधनमा आगजनी गरेका छन्।

यादवका अनुसार कार्यालयका कर्मचारीहरू भित्र काम गरिरहेका बेला अचानक बाहिरबाट ढुंगामुढा सुरु भयो। “भवनका सिसा फुट्न थालेपछि ज्यान जोगाउन पछाडिको बाटो भएर भाग्यौं,” उनले भनिन्।

साताकाे चर्चित
सम्बन्धित