काठमाडौंको तीनकुनेमा शुक्रबार राजावादी समूहद्वारा गरिएको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरू पक्राउ पर्ने क्रम जारी रहेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार शनिबार बिहानसम्म १०५ जना पक्राउ परिसकेका छन्।
प्रहरीका अनुसार प्रदर्शनका क्रममा प्रहरीले प्रयोग गरेको बन्दुक खोस्ने व्यक्ति समेत पक्राउ परिसकेका छन्, तर उनको नाम खुलाइएको छैन।
यसैबीच, बन्दुक खोस्ने घटनाको फोटो तथा भिडियो खिच्ने क्रममा अनलाइनखबरका पत्रकारमाथि समेत आक्रमण भएको बताइएको छ।
प्रहरीले अमानवीय, अमर्यादित एवं गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।