काठमाडौं,
तन्त्रको समर्थनमा आयोजित प्रदर्शनका क्रममा तीनकुने क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति भएको थियो।
हिंसात्मक झडपका क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने आन्दोलनकारीहरूले तीनकुने र आसपासका क्षेत्रमा कैयौं घर तथा संरचनाहरू तोडफोड गरेका छन्।
प्रदर्शनकारीहरूले विभिन्न भवन, पार्टी कार्यालय, र सवारी साधनमा आगजनी समेत गरेका थिए। तोडफोडका कारण स्थानीयहरू प्रभावित भएका छन् भने सरकारी निकायले क्षतिको विस्तृत मूल्याङ्कन गरिरहेको जनाएको छ।
गृहमन्त्री लेखकले तोडफोडको स्थलगत निरीक्षण गर्दै सुरक्षाका लागि थप कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।