काठमाडौं,
समाजवादी मोर्चाका नेताहरूले शनिबार बिहान काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा भएको क्षतिको अनुगमन गरेका छन्।
अनुगमनका क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’, नेसपा अध्यक्ष महिन्द्र राय यादव, तथा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतका नेताहरू उपस्थित थिए।
समाजवादी मोर्चाका नेताहरूले तोडफोडबाट पुगेको क्षति अवलोकन गर्दै घटनाप्रति चिन्ता व्यक्त गरेका छन्।
उनीहरूले यस्ता हिंसात्मक गतिविधिहरूको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।