काठमाडौं ।
तीनकुनेमा शुक्रबार भएको राजावादी आन्दोलनलाई उत्तेजित बनाउन संलग्न एक जना धर्मगुरु पक्राउ परेका छन्।
प्रहरीका अनुसार धर्मगुरु पुष्कर खतिवडालाई आज बिहान इमाडोलस्थित एक घरमा लुकेको अवस्थामा पक्राउ गरिएको हो।
प्रहरी अनुसन्धानअनुसार उनले आन्दोलनका क्रममा ढुंगा प्रहार गरेका थिए, जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। प्रहरीको विशेष टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
खतिवडा विवादास्पद धर्मगुरु मानिन्छन्। उनी यसअघि पनि विभिन्न मुद्दामा पक्राउ परिसकेका छन्।
प्रहरीले उनलाई हिंसात्मक गतिविधिमा संलग्न भएको आधारमा कानुनी कारबाही अघि बढाउने बताएको छ।