आँबुखैरेनीमा तीन ग्रामीण सडकको स्तरोन्नति अन्तिम चरणमा
आँबुखैरेनीमा तीन ग्रामीण सडकको स्तरोन्नति अन्तिम चरणमा
    • बेल संचार

    • १७ चैत्र २०८१, आईतवार

तनहुँ ।

तनहुँको आँबुखैरेनी गाउँपालिकामा तीन वटा ग्रामीण सडकको स्तरोन्नति कार्य तीव्र गतिमा भइरहेको छ। आँबुखैरेनी गाउँपालिका–५ स्थित भकुण्डी–बरालुङबेँसी सडक, लाब्दी–घुमाउने सडक तथा आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबु सडकको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

गाउँपालिकाले यी सडक स्तरोन्नतिका लागि रु ९१ लाख ३८ हजार २१२ विनियोजन गरेको छ। भकुण्डी–बरालुङबेँसी सडकका लागि स्थानीयले रु १ लाख ६३ हजार ८२४, लाब्दी–घुमाउने सडकका लागि रु ७ लाख ७५ हजार ६५७ र आँबु सडकका लागि रु ५४ हजार ३८८ आर्थिक सहयोग गरेका छन्।

आँबुखैरेनी गाउँपालिकाका योजना शाखा प्रमुख उमाकान्त पौडेलका अनुसार, यी तीनै सडकको स्तरोन्नति आगामी असार १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

साताकाे चर्चित
सम्बन्धित