काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गरिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले अवरोध गरेका छन्।
विपक्षीहरूको माग अनुसार संसद्मा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले आफ्नो धारणा राख्न थालेपछि राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाही उठेर हो–हल्ला गरेका थिए।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई बोल्न समय दिइएको भन्दै अवरोध नगर्न आग्रह गरे। यद्यपि, राप्रपा सांसदहरूले नाराबाजी गर्दै बैठकमा अवरोध जारी राखेका छन्।