टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा पुन सुरु
टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा पुन सुरु
    • बेल संचार

    • १८ चैत्र २०८१, सोमबार

दाङ ।  

आजदेखि दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा पुनः सञ्चालनमा आएको छ।

नेपाल एयरलाइन्सका स्टेसन इञ्चार्ज बलबहादुर सुनारका अनुसार हाल प्रत्येक सोमबार उडान सञ्चालन हुनेछ। उनले यात्रुको मागअनुसार उडान थप गर्ने सम्भावना रहेको जानकारी दिए।

टरिगाउँ विमानस्थलमा हवाई सेवा पटक–पटक अवरुद्ध हुँदै आएको छ। यस पटक गत पुस २ गतेदेखि सेवा स्थगित भएको थियो।

नियमित हवाई सेवा नहुँदा यात्रुहरू नेपालगञ्ज वा भैरहवा जान बाध्य हुने स्थिति रहेको छ। विमानस्थलको धावनमार्ग सानो भएकाले ठूला जहाज अवतरण गर्न नसक्ने समस्या रहेको छ। हाल १९ सिटे जहाज मात्र सञ्चालनमा रहेका छन्, जसले गर्दा सेवा अनियमित हुने गरेको छ।

हाल विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ। यसलाई विस्तार गर्नुपर्ने माग पटक–पटक उठे पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन।

साताकाे चर्चित
सम्बन्धित