प्रधानमन्त्री ओलीको रोष्टमबाट आक्रोश, ज्ञानेन्द्र शाहीले अवरोध गरेपछि तीखो प्रतिक्रिया
प्रधानमन्त्री ओलीको रोष्टमबाट आक्रोश, ज्ञानेन्द्र शाहीले अवरोध गरेपछि तीखो प्रतिक्रिया
    • बेल संचार

    • १८ चैत्र २०८१, सोमबार

काठमाडौं

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले रोष्टमबाट आक्रोश व्यक्त गरेका छन्। सोमबारको बैठकमा राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अवरोध गरेपछि प्रधानमन्त्री ओलीले संविधान उल्लंघन र व्यवस्था विरोधी कामलाई छुट नदिइने स्पष्ट पारे।

बैठकको सुरूमा नै सभामुखसँग समय लिएर प्रधानमन्त्री ओलीले भोलिदेखि हुने आफ्नो थाइल्याण्ड भ्रमणबारे जानकारी गराएका थिए। साथै, उनले चैत्र १५ गते राजावादी समूहले गरेको प्रदर्शनबारे पनि आफ्नो धारणा राख्दै संविधानको रक्षा गर्नुपर्ने बताए।

तर, पूर्वराजा ज्ञानेन्द्रलाई फागुन २५ गते काठमाडौंमा गरिएको स्वागतलाई कथित भनिएको विषयमा असन्तुष्टि जनाउँदै सांसद ज्ञानेन्द्र शाहीले ओलीको भनाइको विरोध गरे। शाहीले नियमावलीको व्यवस्थाविरुद्ध प्रधानमन्त्रीले बोल्न नमिल्ने बताएका थिए।

यसपछि प्रधानमन्त्री ओलीले रोष्टमबाटै शाहीलाई जवाफ दिँदै भने, नियमावलीको होइन, संविधान उल्लंघन गर्ने र व्यवस्था मास्ने कुरासँग म प्रश्न उठाइरहेको छु।”

प्रधानमन्त्री ओलीको सम्बोधनका क्रममा अवरोध गर्न खोजिएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको थियो। एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले सभामुखसँग समय लिएर गणतन्त्रको संसद्मा व्यवस्था विरोधी कुरा गर्न नपाइने बताएका थिए।

साताकाे चर्चित
सम्बन्धित