कर्णाली करिडोरमा ट्रकको ठक्करबाट ७२ वर्षीया महिलाको मृत्यु
कर्णाली करिडोरमा ट्रकको ठक्करबाट ७२ वर्षीया महिलाको मृत्यु
    • बेल संचार

    • १८ चैत्र २०८१, सोमबार

हुम्ला ।

कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका-४ मा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

सोमबार दिउँसो, सरदमुकाम सिमकोट आउँदै गरेको भे१ख ३७६४ नम्बरको ट्रकको ठक्करबाट स्थानीय ७२ वर्षीया पानकला थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।

थापा सर्केगाड गाउँपालिका-४ स्थित दुल्लि गाउँकी स्थानीय हुन्। उनको मृत्युपछि स्थानीयले सडक अवरुद्ध बनाएका छन्।

इलाका प्रहरीचौकी सर्केगाडका अनुसार, घटनाबारे अनुसन्धान जारी छ।

साताकाे चर्चित
सम्बन्धित