महामन्त्री शर्माले कुलमान घिसिङको बर्खास्तीको निर्णयलाई गलत ठहराए
महामन्त्री शर्माले कुलमान घिसिङको बर्खास्तीको निर्णयलाई गलत ठहराए
    • बेल संचार

    • १८ चैत्र २०८१, सोमबार

काठमाडौं ।

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको दोहोर्‍याएका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री शर्माले घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्नेमा सरकारले उनलाई हटाएर गल्ती गरेको बताएका छन्। उनले पहिले पनि घिसिङको बर्खास्तीको निर्णयलाई गलत भनेका थिए।

“कुलमान घिसिङलाई बाँकी समय काम गर्न दिनुपथ्र्यो। हामी पनि सत्तारुढको कित्ताबाट भनिरहेका छौं। सरकारले हटाएर गल्ती गरेको छ हामीले भनेका छौं,” महामन्त्री शर्माले भने।

महामन्त्री शर्माले प्रश्न उठाउँदै भने, “यो विषय अदालतको विषय भइसकेको कारण प्रतिपक्षीले समय माग्यो किन? सभामुखले समय दिनुभयो किन? प्रधानमन्त्रीले अदालतमा छलफलका क्रममा रहेका विषयमा जवाफ दिनुभयो किन?”

उनले अदालतमा विचाराधीन मुद्दामा संसद्मा छलफल गर्नु उचित नहुने बताएका छन्।

साताकाे चर्चित
सम्बन्धित