सभामुख घिमिरेले डा. धवल शमशेर राणा पक्राउ परेका बारेमा जानकारी दिए
सभामुख घिमिरेले डा. धवल शमशेर राणा पक्राउ परेका बारेमा जानकारी दिए
    • बेल संचार

    • १८ चैत्र २०८१, सोमबार

काठमाडौँ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्य डा. धवल शमशेर राणा पक्राउ परेको जानकारी प्रतिनिधि सभा बैठकमा दिएका छन्।

आजको बैठकमा सभामुख घिमिरेले प्रहरीले संघीय संसद् सचिवालयमा पठाएको पत्र सदनमा पढेर सुनाएका हुन्।

सूचनाअनुसार, डा. राणा ललितपुर महानगरपालिका-१५ बाट शुक्रबार राति ९ बजे पक्राउ गरिएको जानकारी अपराध अनुसन्धान महाशाखाले संघीय संसद् सचिवालयलाई शनिबार गराएको थियो।

साताकाे चर्चित
सम्बन्धित