काठमाडौं ।
सहकारी र वित्तीय संस्थाहरूबाट ठगिएका बचतकर्ताहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।
प्रदर्शनमा उत्रिएका पीडितहरूले “सहकारीमा बेथिति मच्चाउन पाइँदैन, वित्तीय माफियाहरू चाहिँदैन, जनपक्षीय मौद्रिक नीति कायम गर” लगायतका नाराहरू लगाएका छन्।
उनीहरूले माइतीघरबाट बिजुली बजारसम्म प्रदर्शन गरेका हुन्। पीडितहरूले आफ्नो बचत रकमको ग्याण्टी हुनुपर्ने र साँवा र व्याजसहित फिर्ता गर्नुपर्ने माग गरेका छन्।
प्रदर्शनकारीहरूले सहकारीको व्यवस्थामा सुधार ल्याउने र पीडितहरूको पैसा सुरक्षित गर्ने सुनिश्चितता माग गरेका छन्।