प्रधानमन्त्री ओली पहिलोपटक नेकपा एकीकृत समाजवादीको कार्यालय पुगे : दिवङ्गत कमल कोइरालालाई श्रद्धाञ्जली अर्पण
प्रधानमन्त्री ओली पहिलोपटक नेकपा एकीकृत समाजवादीको कार्यालय पुगे : दिवङ्गत कमल कोइरालालाई श्रद्धाञ्जली अर्पण
    • बेल संचार

    • १८ चैत्र २०८१, सोमबार

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक नेकपा एकीकृत समाजवादीको कार्यालय पुगेका छन्। उनले सोमबार दिवङ्गत कमल कोइरालालाई श्रद्धाञ्जली अर्पण गर्नका लागि समाजवादी पार्टीको कार्यालय आलोकनगरमा उपस्थित भएका हुन्।

८७ वर्षीय पत्रकार, लेखक र कूटनीतिज्ञ कमल कोइरालाको हिजो निधन भएको थियो। उनका पार्थिव शरीरलाई सोमबार श्रद्धाञ्जलीका लागि एकीकृत समाजवादीको कार्यालयमा राखिएको थियो।

प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली अर्पण गर्दै कोइरालाको योगदान र सम्झनामा सम्मान व्यक्त गरेका छन्।

साताकाे चर्चित
सम्बन्धित