मकवानपुर सिस्नेरीमा पौडी खेल्ने क्रममा तीन बालक अचेत अवस्थामा उद्धार
मकवानपुर सिस्नेरीमा पौडी खेल्ने क्रममा तीन बालक अचेत अवस्थामा उद्धार
    • बेल संचार

    • १८ चैत्र २०८१, सोमबार

हेटौँडा ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरी खोलामा पौडी खेल्ने क्रममा डुबेका तीन बालक अचेत अवस्थामा फेला परेका छन्।

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार खोलाको पानी जमेर बनेको दहमा पौडी खेल्ने क्रममा उनीहरू डुबेका थिए।

डुब्ने बालकहरूमा स्थानीय १४ वर्षीय सुशान्त आचार्य, काभ्रेको फूलबारी दाप्चाबाट मामाघर आएका १५ वर्षीय प्रमेश घोरसैनी र १४ वर्षीय प्रभात घोरसैनी रहेका छन्।

घटनास्थल सिस्नेरी प्रहरी चौकीबाट करिब ५०० मिटर पश्चिमतर्फ पर्छ।

दिउँसो करिब ४ः४५ बजे भएको घटनापछि तीनै जनालाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

 

साताकाे चर्चित
सम्बन्धित