सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान
    • बेल संचार

    • २१ चैत्र २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सर्वदलीय बैठक बोलाएका छन्। प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रदेश सभाको बैठक बस्न नसकिरहेका बेला मुख्यमन्त्री शाहले सर्वदलीय बैठक बोलाएका हुन्।

बैठक बिहान ११ बजे मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा प्रदेश सभाको गतिरोध अन्त्य गर्ने र अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ।

प्रतिपक्षी दलले सरकारले मनलाग्दो ढंगले राजनीतिक नियुक्ति गरेको, जथाभावी बजेट बाँडेको भन्दै प्रदेश सभामा विरोध गर्दै आएका छन्।

 

साताकाे चर्चित
सम्बन्धित