काठमाडौं उपत्यकाका १६ नदी तथा खोलामा सरसफाइ अभियान, १४३ मेट्रिक टन फोहर संकलन
काठमाडौं उपत्यकाका १६ नदी तथा खोलामा सरसफाइ अभियान, १४३ मेट्रिक टन फोहर संकलन
    • बेल संचार

    • २१ चैत्र २०८१, बिहीबार

काठमाडौँ ।

‘बायोकम्प नेपाल’ले ‘पीपल इन नीड’ र ‘क्लिन अप नेपाल’सँगको साझेदारीमा काठमाडौं उपत्यकाका १६ नदी तथा खोलामा सरसफाइ अभियान सञ्चालन गरी १४३ दशमलव ५५ मेट्रिक टन फोहर संकलन गरेको छ।

उक्त अभियानमा १०० भन्दा बढी स्वयंसेवक, स्थानीय समुदायका सदस्य, नेपाल प्रहरी, तथा विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको आयोजक संस्थाहरूले जनाएका छन्।

नदी सरसफाइ अभियान ‘रिभर प्लस परियोजना’ अन्तर्गत सञ्चालन गरिएको हो। यसलाई ‘प्लास्टिक फ्रि रिभर्स एन्ड सिज फर साउथ एसिया’ परियोजनाले आर्थिक सहयोग गरेको छ। उक्त परियोजना ‘साउथ एसिया को-अपरेटिभ इन्भाइरन्मेन्ट प्रोग्राम’द्वारा कार्यान्वयन भइरहेको छ, जसलाई विश्व बैंकले सहयोग प्रदान गरेको छ।

परियोजनाले कम गुणस्तरका प्लास्टिक सङ्कलन तथा पुनर्चक्रण गर्ने लक्ष्य राखेको छ। विशेष गरी बागमती, विष्णुमती, र मनोहरा नदीहरूमा प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न यस परियोजना केन्द्रित रहेको छ।

सो परियोजना अन्तर्गत अनौपचारिक सरसफाइकर्मी, आप्रवासी श्रमिक, विशेष गरी महिला तथा युवालाई संलग्न गराइएको आज आयोजित कार्यक्रममा जानकारी गराइएको छ।

साताकाे चर्चित
सम्बन्धित