राप्रपाद्वारा तीनकुने घटनाको स्वतन्त्र छानबिनको माग, गृहमन्त्रीको राजीनामा पनि माग
राप्रपाद्वारा तीनकुने घटनाको स्वतन्त्र छानबिनको माग, गृहमन्त्रीको राजीनामा पनि माग
    • बेल संचार

    • २१ चैत्र २०८१, बिहीबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंको तीनकुने घटनाको स्वतन्त्र छानबिन गर्न न्यायिक आयोग गठन गर्न माग गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको राप्रपाको प्रतिनिधिमण्डलले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण पत्र बुझाउँदै सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा मानवअधिकार आयोग तथा नागरिक समाज सम्मिलित छानबिन आयोग गठन गर्न आग्रह गरेको हो।

राप्रपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै घटनाको छानबिनका लागि गृहमन्त्री, चेत १५ गतेको दमनमा संलग्न प्रहरी प्रमुख तथा प्रशासनिक नेतृत्वलाई निलम्बन गर्नुपर्ने बताएको छ।

राप्रपाले मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने, राप्रपा नेताहरू रवीन्द्र मिश्र, डा. धवलशम्शेर राणालगायत अन्यमाथि लगाइएका झुटा मुद्दा खारेज गर्नुपर्ने, निर्दोष व्यक्तिहरूको रिहाइ गर्नुपर्ने र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्ने माग राखेको छ।

चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजसंस्था पक्षधरले आयोजना गरेको प्रदर्शन अराजक बन्दा दुई जनाको मृत्यु भएको थियो। प्रदर्शनका क्रममा घरमा आगजनी, तोडफोड तथा लुटपाटसमेत भएको थियो। राप्रपाले उक्त घटनामा भएका दमनको निष्पक्ष छानबिन गर्न सरकारलाई दबाब दिएको छ।

nullnull

साताकाे चर्चित
सम्बन्धित