शिक्षक आन्दोलन : सरकारद्वारा वार्ताको पहल, शिक्षकहरू काठमाडौंमा सडक संघर्षमा
शिक्षक आन्दोलन : सरकारद्वारा वार्ताको पहल, शिक्षकहरू काठमाडौंमा सडक संघर्षमा
    • बेल संचार

    • २१ चैत्र २०८१, बिहीबार

 काठमाडौं ।

नेपाल सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई छलफलका लागि आमन्त्रण गरेको हो।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने, ‘शिक्षक समुदायसँग विगतझैं फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न नेपाल सरकार हमेशा तयार छ। विद्यालय शिक्षा विधेयक स्वीकृतिको पर्खाइमा रहेको हुँदा यसका लागि सामूहिक सन्देश प्रवाह गर्न मन्त्रालय सकारात्मक छ।’

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबारदेखि काठमाडौंमा प्रदर्शन सुरु गरेका छन्। यसअघि धर्ना र अनशनलगायतका कार्यक्रम गरेका शिक्षकहरू आफ्ना माग सुनुवाइ नभएको भन्दै काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका हुन्।

शान्तिपूर्ण आन्दोलनका लागि ८ सय स्वयंसेवक परिचालन गरिएको शिक्षकहरूको भनाइ छ, तर ट्राफिक व्यवस्थापन भने अस्तव्यस्त बनेको छ।

शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गरिरहेका छन्। तर, संसदको हिउँदे अधिवेशन हालै मात्र अन्त्य भएकाले तुरुन्तै ऐन जारी गर्न नसकिने देखिएको छ। शिक्षकहरूले अध्यादेशमार्फत भए पनि आफ्ना माग सम्बोधन गर्नुपर्ने अडान राखेका छन्। तर, संसदीय समितिले भने यसबारे असहमति जनाएको छ।

हेर्नुहोस् शिक्षा मन्त्रालयको विज्ञप्ति : 

 

 

साताकाे चर्चित
सम्बन्धित