बैंककमा प्रधानमन्त्री ओली र भुटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता
बैंककमा प्रधानमन्त्री ओली र भुटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता
    • बेल संचार

    • २१ चैत्र २०८१, बिहीबार

बैंकक ।

थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री ओली बङ्गालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन बैंककमा रहेका छन्। सोही अवसरमा उनले भुटानी समकक्षीसँग साइडलाइट भेटवार्ता गरेका हुन्।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार भेटवार्तामा नेपाल–भुटानबीचको सहकार्यका विविध पक्षमा छलफल भएको छ। दुवै नेताले आपसी सम्बन्ध सुदृढ पार्ने तथा क्षेत्रीय विकासका विषयमा विचार आदानप्रदान गरेका छन्।

गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको ७९औं महासभा का क्रममा पनि न्यूयोर्कमा नेपाल र भुटानका प्रधानमन्त्रीबीच भेटवार्ता भएको थियो। बिहीबार बैंककमा सम्पन्न भेटवार्तामा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायत उच्चस्तरीय अधिकारीहरूको उपस्थिति रहेको थियो।

साताकाे चर्चित
सम्बन्धित