बैंककमा प्रधानमन्त्री ओली र म्यानमारका प्रधानमन्त्री हलिङबीच भेटवार्ता
बैंककमा प्रधानमन्त्री ओली र म्यानमारका प्रधानमन्त्री हलिङबीच भेटवार्ता
    • बेल संचार

    • २१ चैत्र २०८१, बिहीबार

बैंकक।

 थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र म्यानमारका प्रधानमन्त्री मीन आङ हलिङ बीच आज बैंककमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री ओली बङ्गालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन बैंकक पुगेका छन्।

सोही अवसरमा म्यानमारको स्टेट एडमिनिस्ट्रेसन काउन्सिलका अध्यक्षसमेत रहेका प्रधानमन्त्री हलिङसँग साइडलाइन भेटवार्ता भएको हो।

भेटवार्तामा द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उक्त भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायतका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

साताकाे चर्चित
सम्बन्धित