प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता, बिम्स्टेक सम्मेलनपछि तय
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता, बिम्स्टेक सम्मेलनपछि तय
    • बेल संचार

    • २२ चैत्र २०८१, शुक्रबार

बैङ्कक ।

प्रधानमन्त्री केपी शर्मा ओली आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनलाई सम्बोधन गरेपछि ओलीले मोदीसँग भेट्नेछन्।

यो भेटवार्ता सम्मेलनको दिवाभोजपछि, स्थानीय समयअनुसार अपराह्न ४ बजे बैङ्ककस्थित होटेल साड्ग्रिलामा हुने निश्चित गरिएको छ। प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमण पूरा गरेर बिम्स्टेक शिखर सम्मेलनमा सहभागी भएका छन्।

साथै, बिम्स्टेक सम्मेलन सकिएपछि प्रधानमन्त्री ओली आजै साँझ थाइल्याण्डस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनेछन्।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायतका सदस्य छन्।

साताकाे चर्चित
सम्बन्धित