राजावादी प्रदर्शनमा सुरक्षा निकाय संयमित भएको गृहमन्त्री लेखकको भनाइ
राजावादी प्रदर्शनमा सुरक्षा निकाय संयमित भएको गृहमन्त्री लेखकको भनाइ
    • बेल संचार

    • २२ चैत्र २०८१, शुक्रबार

काठमाडौँ

गृहमन्त्री रमेश लेखकले चैत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको अराजक प्रदर्शनमा सुरक्षा निकायले उच्च संयमता अपनाएको बताएका छन्।

संघीय संसद्को राज्य व्यवस्था समितिमा जवाफ दिँदै मन्त्री लेखकले सुरक्षाकर्मीको संयमकै कारण क्षति कम भएको बताए। उनले निषेधित क्षेत्र तोड्दै संसद् भवन छिर्ने प्रयास, आगजनी, तोडफोड, ढुंगा प्रहारजस्ता हिंसात्मक गतिविधि भएको जानकारी दिए।

‘यो राजनीतिक चेतनामा आधारित प्रदर्शन थिएन, हिंसात्मक गतिविधि थियो,’ उनले भने, ‘यदि संयमता नअपनाएको भए क्षति अझ ठूलो हुने थियो।’ अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आगो लगाइएको र नजिकै प्रज्वलनशील पदार्थका ट्यांकीहरू रहेकाले अवस्था जटिल बन्न सक्ने खतरा रहेको उनले उल्लेख गरे।

प्रदर्शनका क्रममा ३९ वटा सवारीसाधन तोडफोड र आगजनी भएको जानकारी दिँदै उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

साताकाे चर्चित
सम्बन्धित