ग्लोबल आईएमई बैंकका कार्डवाहकलाई सेल्सबेरीमा क्यासब्याक सुविधा
ग्लोबल आईएमई बैंकका कार्डवाहकलाई सेल्सबेरीमा क्यासब्याक सुविधा
    • बेल संचार

    • २२ चैत्र २०८१, शुक्रबार

काठमाडौँ।

ग्लोबल आईएमई बैंक लिमिटेडका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले सेल्सबेरी स्टोरहरूमा खरिद गर्दा क्यासब्याक सुविधा पाउने भएका छन्।

ग्लोबल आईएमई बैंक र सेल्सबेरीबीच भएको समझदारीअनुसार ग्राहकले मुलुकभर रहेका ३७ वटै सेल्सबेरी स्टोरमा प्रत्येक शुक्रबार प्वाइन्ट अफ सेल (POS) मेशिनमार्फत् कारोबार गर्दा १० प्रतिशत वा अधिकतम् २०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

समझदारीपत्रमा बैंकको तर्फबाट ट्रान्जेक्शन बैंकिङ विभागका सेल्स एण्ड बिजनेस प्रमुख प्रकाश पौडेल र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत शुशिलमान प्रधानाङ्गले हस्ताक्षर गरेका हुन्।

ग्लोबल आईएमई बैंक हालै ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२४’ तथा ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत दुई विधामा सम्मानित भइसकेको छ।

७७ वटै जिल्लामा सेवा विस्तार गरेको बैंकसँग हाल ३५४ शाखा कार्यालय, ३८५ एटीएम, २२१ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रहरू छन्।

बैंकले नेपालभित्र मात्रै नभई संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, खाडी मुलुकहरू लगायतका देशबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।

साताकाे चर्चित
सम्बन्धित