प्रधानमन्त्री ओलीसँग बिमस्टेक महासचिवको शिष्टाचार भेट
प्रधानमन्त्री ओलीसँग बिमस्टेक महासचिवको शिष्टाचार भेट
    • बेल संचार

    • २२ चैत्र २०८१, शुक्रबार

बैंकक

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)का महासचिव इन्द्रमणि पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्।

बिमस्टेकको शिखर सम्मेलन सम्पन्न भएपछि बैंककस्थित होटल साङ्ग्रिलामा महासचिव पाण्डेले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्।

उक्त क्षेत्रीय संगठन बिमस्टेकको सचिवालय बङ्गलादेशको ढाकामा रहेको छ।

साताकाे चर्चित
सम्बन्धित