काठमाडौं |
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी भएर नेपाल फर्किएका छन्। बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) अन्तर्गत आयोजना भएको सम्मेलनमा भाग लिएपछि उनी शनिबार मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
प्रधानमन्त्री ओलीको यस भ्रमण थाइल्यान्ड सरकारको औपचारिक निमन्त्रणामा भएको थियो। थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले थाइल्यान्डको पहिलो औपचारिक भ्रमण गरेका हुन्।
फिर्ता हुने क्रममा बैंककस्थित सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलको विशेष कक्षमा उनलाई थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायात मन्त्री सुरिया जङ्ग्राउनग्रेङकिटले बिदाइ गरेका थिए। साथै, नेपाली राजदूत धनबहादुर वली र नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्न पनि बिदाइ कार्यक्रममा सहभागी थिए।