सुनचाँदीको भाउमा पुनः गिरावट, आज कति छ मूल्य?
सुनचाँदीको भाउमा पुनः गिरावट, आज कति छ मूल्य?
    • बेल संचार

    • २४ चैत्र २०८१, आईतवार

काठमाडौं

नेपालको सुनचाँदी बजारमा आइतबार पनि मूल्य घट्ने क्रम जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार आज छापावाल सुनको मूल्य प्रति तोला १ लाख ७४ हजार ५०० रुपैयाँमा निर्धारण गरिएको छ।

यो मूल्य अघिल्लो कारोबार दिन अर्थात् शुक्रबारको तुलनामा १ हजार ९ सय रुपैयाँले कम हो।

त्यसैगरी, चाँदीको मूल्यमा समेत गिरावट देखिएको छ। आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार ८ सय रुपैयाँमा झरेको छ।

शुक्रबार चाँदीको दर १ हजार ८ सय ७० रुपैयाँ रहेको थियो। यसअनुसार आज चाँदीको मूल्यमा ७० रुपैयाँको गिरावट आएको हो।

साताकाे चर्चित
सम्बन्धित