विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरूको सिठी जुलुस, चैत २५ पछि हड्तालको चेतावनी
विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरूको सिठी जुलुस, चैत २५ पछि हड्तालको चेतावनी
    • बेल संचार

    • २४ चैत्र २०८१, आईतवार

काठमाडौं

विद्यालय शिक्षा ऐन शीघ्र जारी गर्न माग गर्दै शिक्षकहरूले आज काठमाडौंमा सिठी जुलुस निकालेका छन्।

पछिल्ला केही दिनदेखि निरन्तर आन्दोलनमा रहेका शिक्षकहरूले आइतबार माइतीघर मण्डलादेखि बानेश्वरसम्म सिठी बजाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन्।

नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलनमा सहभागी भएका शिक्षकहरूले यदि चैत २५ गतेभित्र माग सम्बोधन भएन भने देशव्यापी शैक्षिक हड्तालको चेतावनी समेत दिएका छन्।

महासंघको नेतृत्वमा भइरहेको यस आन्दोलनमा सहभागी शिक्षकहरूको मुख्य माग भनेको गुणस्तरीय र सबैका लागि पहुँच योग्य शिक्षा प्रणाली स्थापना गर्न विद्यालय शिक्षा ऐन तुरुन्तै कार्यान्वयनमा ल्याउनु हो।

उनीहरूले विद्यार्थीमैत्री, शिक्षक र कर्मचारीहरूको अधिकार सुनिश्चित गर्ने खालको ऐन आवश्यक रहेको बताउँदै सरकारसँग गम्भीर वार्ता र निर्णयको अपेक्षा राखेका छन्।

साताकाे चर्चित
सम्बन्धित