काठमाडौं
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यकारी राष्ट्रपति बनाउने मागसहित राजधानी काठमाडौंमा प्रदर्शन गरिएको छ। प्राधिकरणबाट हटाइएपछि घिसिङका समर्थकहरूले उनको पुनर्स्थापनाको माग गर्दै विरोध प्रदर्शनलाई तीव्र बनाएका छन्।
सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका घिसिङलाई अन्तरिम राहत दिन अदालतले अस्वीकार गरेपछि, उनी पत्रकार सम्मेलनमार्फत सरकारप्रति आलोचनात्मक देखिएका थिए।
उनीमाथि सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा कारबाही गरेको आरोपसमेत उनका समर्थकहरूले लगाउँदै आएका छन्। प्रदर्शनमा सहभागीहरूले घिसिङको योगदानको कदर नगरेको भन्दै आक्रोश व्यक्त गरेका थिए।
गत चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्दै हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको नयाँ कार्यकारी निर्देशकको रूपमा नियुक्त गरेको थियो।