सुर्खेतमा एमालेको शक्ति प्रदर्शन, दश हजारको उपस्थितिको दाबी
सुर्खेतमा एमालेको शक्ति प्रदर्शन, दश हजारको उपस्थितिको दाबी
    • बेल संचार

    • २४ चैत्र २०८१, आईतवार

काठमाडौं

नेकपा (एमाले) सुर्खेतले चैत २६ गते वीरेन्द्रनगरस्थित पिपलचौतारामा भव्य जनप्रदर्शन र जागरण सभा आयोजना गर्ने तयारी गरेको छ। प्रदेश कमिटीको संयोजनमा हुन लागेको उक्त कार्यक्रम संविधान र लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनसमर्थन जुटाउने उद्देश्यसहित आयोजना गरिँदैछ।

‘संविधान र गणतन्त्रको संरक्षणमा ऐक्यबद्ध बनौं’ भन्ने मूल नारासहितको सभालाई एमाले महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ। जिल्ला अध्यक्ष कुलमणि देवकोटाका अनुसार, प्रतिक्रान्तिकारी र गणतन्त्रविरोधी गतिविधिहरूको प्रतिकार गर्न जनजागरण अपरिहार्य बनेको छ।

“सरकारमा बसेर पनि आवश्यक परे सडकमा उत्रनु पर्ने परिस्थितिलाई एमालेले आत्मसात गरेको छ,” देवकोटाले बताए, “संविधान जारी भइसकेपछि पनि देशी–विदेशी शक्तिहरूले गणतन्त्रविरोधी खेलहरू गरिरहेका छन्। त्यसको प्रतिवादमा हामी देशभर जनजागरण अभियान चलाउँदैछौं।”

देवकोटाले पिपलचौतारामा हुने सभामा दस हजारभन्दा बढी नागरिकको सहभागिता हुने दाबी गरेका छन्। कार्यक्रमअन्तर्गत दिउँसो १ बजे मंगलगढी चोकबाट र्‍याली सुरु भई सभा स्थल पुग्नेछ, जसको व्यवस्थापन प्रदेश इन्चार्ज गोरख बोगटीले सम्हाल्ने जानकारी दिएका छन्।

साताकाे चर्चित
सम्बन्धित