सिँजामा नेपाल राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा शर्मा निर्विरोध चयन
सिँजामा नेपाल राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा शर्मा निर्विरोध चयन
    • उमेश बुढा

    • २५ चैत्र २०८१, सोमबार

जुम्ला

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अन्तर्गतको जनवर्गीय संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती सिँजा गाउँपालिकाको अध्यक्षमा मुनिचन्द्र शर्मा निर्विरोध चयन भएका छन्।

संगठनको दोस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा कमल आचार्य, उपाध्यक्षमा सन्तोष धिताल र धनलाल बुढा, सचिवमा दलवीर कामी, सहसचिवमा छक्क बुढा, कोषाध्यक्षमा शान्ति विक चयन भएका छन्। त्यसैगरी, सदस्यहरूमा वलिचन्द्र सार्की, विर्ख राना, अनिल उपाध्याय, गणेश बुढा, प्रेम रावल, डल्ली कामी, गोविन्द्र तिवारी, पुर बहादुर शाही, दिपेन्द्र सिमखाडे र मन प्रसाद रेग्मी चयन भएका छन्।

सिँजा गाउँपालिका पार्टी कमिटीका सह-इन्चार्ज हिक्मत खत्रीका अनुसार, अधिवेशनबाट सम्पूर्ण पदाधिकारीहरू निर्विरोध चयन भएका हुन्। उनले नयाँ कार्यसमितिले कर्मचारीका हक–हितका लागि प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै पार्टीलाई सबै तहबाट सशक्त समर्थन पुर्‍याउने अपेक्षा व्यक्त गरे। खत्रीले सम्पूर्ण नयाँ टिमलाई सफल कार्यकालको शुभकामना र बधाई समेत दिए।

यस अधिवेशनबाट ललित रोकाया, धन बहादुर रावत, दीपक रोकाया र दल बहादुर वड जिल्ला प्रतिनिधिका रूपमा चयन भएका छन्। प्रदेश प्रतिनिधिका लागि मित्रलाल धिताल र गोपाल रोकायालाई पठाइएको खत्रीले जानकारी दिए।

उक्त अधिवेशनको उद्घाटन आइतबार नराकोट बजारमा गरिएको थियो। बन्द सत्रमार्फत सबै पदाधिकारीहरू निर्विरोध रूपमा चयन गरिएको थियो। अधिवेशनको सभाध्यक्ष धन बहादुर रावतले बधाई दिँदै कार्यक्रमको समापन गरेका थिए।

साताकाे चर्चित
सम्बन्धित