नेपाल बैंक र भक्तपुर इन्टरनेशनल हस्पिटलबीच उपचार शुल्कमा छुट सम्बन्धी समझदारी
नेपाल बैंक र भक्तपुर इन्टरनेशनल हस्पिटलबीच उपचार शुल्कमा छुट सम्बन्धी समझदारी
    • बेल संचार

    • २८ चैत्र २०८१, बिहीबार

काठमाडौं,

नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेड र भक्तपुर इन्टरनेशनल हस्पिटलबीच उपचार सेवामा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ। उक्त सम्झौता अनुसार बैंकका कर्मचारीहरू र खाता भएका ग्राहकहरूले अस्पतालको विविध सेवा सुविधामा ५ प्रतिशतदेखि २० प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन्।

सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान विभागका प्रमुख विश्वराज भण्डारी र भक्तपुर इन्टरनेशनल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत रामजी कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि बैंकमा कार्यरत कर्मचारी तथा ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने विभिन्न विशेषज्ञ सेवाहरू जस्तै इमर्जेन्सी, जनरल मेडिसिन, न्यूरोलोजी, कार्डियोलोजी, अर्थोपेडिक्स, प्रसूति तथा स्त्री रोग, बालरोग, शल्यक्रिया, दन्त चिकित्सा, युरोलोजी, प्याथोलोजी, रेडियोलोजी, फिजियोथेरापी, नेफ्रोलोजी, ग्यास्ट्रोएन्टेरोलोजी, डर्माटोलोजी लगायतका सेवा शुल्कमा छुटको लाभ लिन सक्नेछन्।

नेपाल बैंकका तर्फबाट जारी विज्ञप्तिमा यस्तो समझदारीबाट बैंकका कर्मचारी र ग्राहकहरूको स्वास्थ्य पहुँचमा थप सहजता र गुणस्तरीय सेवा प्राप्त हुने विश्वास व्यक्त गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित