दुर्गा प्रसाईं झापा हुँदै काठमाडौं ल्याइँदै, तीनकुने हिंसात्मक प्रदर्शन प्रकरणमा पक्राउ
दुर्गा प्रसाईं झापा हुँदै काठमाडौं ल्याइँदै, तीनकुने हिंसात्मक प्रदर्शन प्रकरणमा पक्राउ
    • बेल संचार

    • २९ चैत्र २०८१, शुक्रबार

काठमाडौं

तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक राजावादी प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईंलाई नेपाल प्रहरीको विशेष टोलीले नियन्त्रणमा लिएको छ। उनी भारतको आसाम राज्यबाट पक्राउ परेका थिए भने बिहीबार नेपाल भित्र्याइएका हुन्।

प्रहरी स्रोतका अनुसार प्रसाईंलाई झापा हुँदै काठमाडौं ल्याउने तयारी गरिएको छ। झापाको काँकडभिट्टा नाकाबाट उनलाई भित्र्याइएको हो भने आजै हवाई मार्गमार्फत राजधानी पठाइनेछ।

यसअघि प्रसाईंको सचिवालयले सामाजिक सञ्जालमार्फत उनी आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको जानकारी सार्वजनिक गरेको थियो।

तीनकुनेमा भएको उक्त प्रदर्शनमा हिंसा भड्किएको थियो, जसमा एक पत्रकारसहित दुई जनाले ज्यान गुमाएका थिए भने दर्जनौं घर र सवारी साधनमा क्षति पुर्‍याइएको थियो। कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा समेत लुटपाट भएको आरोप लागेक‍ो छ।

घटनामा दुर्गा प्रसाईंले प्रदर्शनकारीलाई उत्तेजित पार्दै सुरक्षाकर्मीको घेरा तोडेको आरोप छ। उनी उक्त आन्दोलनका मुख्य नेतृत्वकर्ता मानिन्छन्। तर प्रदर्शन हिंसात्मक बनेपछि उनी फरार भएका थिए।

घटनापछि प्रहरीले राप्रपा नेताहरू—वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवलशमशेर राणासहित अन्य थुप्रै अभियुक्तलाई समेत पक्राउ गरिसकेको छ।

साताकाे चर्चित
सम्बन्धित