हुम्लाको अदानचुलीमा अविरल वर्षा र पहिरोले २६ बाख्राको ज्यान गयो
हुम्लाको अदानचुलीमा अविरल वर्षा र पहिरोले २६ बाख्राको ज्यान गयो
    • बेल संचार

    • ४ बैशाख २०८२, बिहीबार

हुम्ला 

हुम्लाको अदानचुली गाउँपालिका–३ मा बिहीबार बिहान परेको अविरल वर्षापछि आएको पहिरोले एक भेडीगोठ पुरिँदा २६ वटा बाख्राको मृत्यु भएको छ।

स्थानीय कृषक आइते बुढाको गोठमा रहेको ७० मध्ये २६ वटा बाख्रा पहिरोले पुरिएर मरेका हुन्। पहिरो गोठभित्र पस्दा गोठसमेत भत्किएको र बाख्राहरू च्यापिएको उनले जानकारी दिए।

बाँकी २९ वटा बाख्रा स्थानीयको सहयोगमा जिउँदै उद्धार गरिएको छ भने अन्य केही बाख्रा अझै हराइरहेकाले खोजी भइरहेको बुढाले बताए। उनका अनुसार धेरै मेहनत र मिहिनेत गरेर पालेका बाख्रा एकैपटक गुमाउँदा ठूलो आर्थिक क्षति पुगेको छ।

आज बिहानैदेखि परेको मुसलधारे वर्षाले अदानचुली गाउँपालिकाका अन्य भागहरूमा पनि क्षति पुर्‍याएको छ। श्रीनगर बजार क्षेत्रमा पनि अस्थायी टहरा तथा पसलमा रहेका सामग्रीहरूमा नोक्सानी पुगेको स्थानीय बासिन्दाहरूले जनाएका छन्।

साताकाे चर्चित
सम्बन्धित