काठमाडौं
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ। गभर्नर नियुक्तिका लागि योग्य नभएको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार रिट निवेदन पेश गरेका हुन्।
रिटमा दलहरूबीचको सहमतिका आधारमा कानुनी प्रक्रिया बाइपास गरिएको भन्दै नियुक्ति प्रक्रियामाथि प्रश्न उठाइएको छ। सर्वोच्च प्रशासनले आइतबार नै उक्त रिटलाई पेसीमा चढाउने तयारीसहित पुरक निवेदन पनि स्वीकार गरिसकेको छ।
डा. भट्टले शुक्रबारमात्रै कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए, तर उनको राजीनामा स्वीकृत भएको छैन।