विद्यालय शिक्षा ऐन माग्दै शिक्षकको आन्दोलन १७ औं दिनमा प्रवेश, महासंघद्वारा निष्कर्षमा पुग्ने प्रतिबद्धता
विद्यालय शिक्षा ऐन माग्दै शिक्षकको आन्दोलन १७ औं दिनमा प्रवेश, महासंघद्वारा निष्कर्षमा पुग्ने प्रतिबद्धता
    • बेल संचार

    • ५ बैशाख २०८२, शुक्रबार

काठमाडौं

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकरूले शुक्रबार आन्दोलनको १७ औं दिन माइतीघर–बानेश्वर क्षेत्र प्रदर्शन र धर्ना गर्दै बिताए।

संघीय संसद्बाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने महासंघको भनाइ छ। आन्दोलनमा सहभागी शिक्षकहरूले नाचगान, रचनात्मक प्रस्तुति र अनुशासित ढंगबाट प्रदर्शन जारी राखेका छन्।

महासंघले आन्दोलन निष्कर्षतर्फ उन्मुख भएको भन्दै सबै शिक्षकहरूलाई संयमता र धैर्यता अपनाउन आग्रह गरेको छ।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन निर्णायक चरणमा पुग्ने विश्वास व्यक्त गर्दै शिक्षकहरूलाई नआत्तिन र एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन्।

यसबीच, आन्दोलनका कारण बानेश्वर–माइतीघर सडकखण्ड दैनिकजसो प्रभावित भइरहेको छ।

साताकाे चर्चित
सम्बन्धित