साना व्यवसायीको आवाज बोकेर सचिव महरा अर्थमन्त्रीसँग
साना व्यवसायीको आवाज बोकेर सचिव महरा अर्थमन्त्रीसँग
    • बेल संचार

    • ६ बैशाख २०८२, शनिबार

काठमाडौं, 

कर्पोरेट मिडियाकी उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनसीआईसीके) की सचिव सुष्मा महराले अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरी साना तथा मझौला व्यवसायीहरूका समस्याबारे ध्यानाकर्षण गराएकी छिन्।

सचिव महरा मंगलबार अर्थ मन्त्रालय पुगेर मन्त्री पौडेलसँग भेटवार्ता गर्दै काठमाडौंका व्यापारी तथा व्यवसायीहरूले भोगिरहेका विभिन्न समस्याबारे जानकारी गराइन्। उनले आगामी आर्थिक वर्षको बजेटमा साना तथा मझौला व्यवसायीहरूलाई प्राथमिकताका साथ समेट्न सुझाव दिँदै, व्यावसायिक क्षेत्रलाई सहजीकरण हुने नीति ल्याउन आग्रह गरिन्।

वरिष्ठ सौन्दर्यविद् समेत रहेकी महराले नीतिगत भ्रष्टाचारलाई मुलुकको जटिल समस्या भन्दै त्यसलाई बजेटमार्फत न्यूनीकरण गर्दै अन्त्य गर्ने योजना बनाउन अर्थमन्त्री र सरकारलाई सुझाव दिइन्।

भेटका क्रममा अर्थमन्त्री पौडेलले सरकारले व्यापारी, व्यवसायी तथा उद्योगीहरूको पक्षमा रहेर नीति बनाइरहेको स्पष्ट पार्दै, महराद्वारा प्रस्तुत गरिएका सुझावहरूलाई गम्भीरतापूर्वक लिइने र कार्यान्वयनतर्फ अग्रसर हुने प्रतिबद्धता व्यक्त गरे।

उनले व्यवसायीहरूको समस्यालाई सम्बोधन गर्न सरकारले विभिन्न अध्यादेशमार्फत सहजीकरण गरिसकेको उल्लेख गर्दै, आगामी दिनमा अझ प्रभावकारी पहल हुने बताए।

साताकाे चर्चित
सम्बन्धित