जुम्ला,
नेपाली भाषा, सभ्यता र संस्कृतिको उद्गम थलोको रूपमा परिचित ऐतिहासिक सिंजा उपत्यका अब पहिलोपटक भव्य महोत्सवको रंगिन तयारीमा जुटेको छ। “सिंजा महोत्सव २०८२” नाम दिइएको यो उत्सव वैशाख १० देखि २१ गतेसम्म जुम्लाको नराकोट बजार (चुलेल गाउँ चौर) मा भव्य रूपमा आयोजना हुने भएको छ। इतिहास बोकेको भूमिमा आधुनिक उत्सव साथै कृषि, पर्यटन, व्यापार, भाषा र संस्कृति प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना गरिँदै गरिएको यो महोत्सव केवल मनोरञ्जन मात्र होइन, सिंजाको सम्पूर्ण पहिचान, गर्व र गौरवलाई एकैथलोमा देखाउने अवसर पनि हो।
सिंजाको नराकोटमा यसपालि चम्किनेछन् राष्ट्रियस्तरका कलाकारहरू, पल शाह, दुर्गेश थापा, बद्री पंगेनी, शान्तिश्री परियार, शान्तारानी परियार, चक्र बम, प्रीति आले, रेखा जोशी, चन्द्र शर्मा ‘राजाराम भाट’, हेमन्त शर्मा, श्याम राना, टंक तिमिल्सिना, महेन्द्र शाही रास्कोटी लगायत चर्चित कलाकार हरु । साथै, जुम्ला र सिंजाकै स्थानीय प्रतिभाहरूले दिने दमदार प्रस्तुतीले महोत्सवको अर्को विशेष आकर्षण बन्नेछ।
यो १२ दिन लामो महोत्सवमा के-के हुनेछ त?
✅ साँगीतिक धमाका
✅ परम्परागत नृत्य र नाटक
✅ मौलिक भेषभूषा, मस्टो संस्कार, परम्परागत ज्ञानको जीवित प्रदर्शनी
✅ स्थानीय उत्पादन, रैथाने बाली, परिकार र कृषि वस्तुको प्रदर्शनी
✅ विविध व्यापारिक स्टलहरू
✅ रमाइलोका लागि खेलकुद र मनोरञ्जनात्मक गतिविधिहरू
स्टल राख्न चाहने व्यवसायीहरूका लागि सुव्यवस्थित ठाउँ, पूर्वबुकिङमा छुट पनि:
होटल स्टल: रु. २,५००/-
सामान्य व्यापार स्टल (फेन्सी, प्लास्टिक, र भाडा पसल): रु. १७,५००/-
आयोजक प्रमुख मोहन विक्रम शाही भन्छन, सिंजाको भाषा, संस्कार र इतिहासको संरक्षण मात्र होइन, स्थानीय प्रतिभालाई उजागर गर्दै पर्यटन प्रवर्द्धन गर्ने यो दुर्लभ अवसर हो। हामीले यस महोत्सवलाई केवल एक कार्यक्रमको रूपमा होइन, सम्पूर्ण सिंजाको आत्मा बोल्ने एक जीवन्त उत्सवको रूपमा निर्माण गरेका छौं। स्थानीय कलाकारहरूलाई विशेष प्राथमिकतामा राखेर उनीहरूको क्षमता उजागर गर्न दिनु हाम्रो पहिलो जिम्मेवारी हो। महोत्सव शान्त, व्यवस्थित, समावेशी र सांस्कृतिक गौरवको प्रतिनिधित्व गर्नेछ। सिंजा क्षेत्रमै पहिलोपटक यति भव्य र फरक स्तरको उत्सव हुँदैछ। आउनुहोस्, सम्पूर्ण नेपाली मिलेर सिंजाको रङ, रहनसहन, कला र आत्मालाई एकै थलोमा अनुभूति गरौं। यो महोत्सव होइन, यो ऐतिहासिक पुनर्जागरण हो। अबको उत्सव हेर्ने होइन, सहभागी हुने हो। हामी सबै नेपालीको साझा उत्सवमा यहाँको उपस्थिति नै हाम्रो संस्कृति, पहिचान र एकताको बलियो प्रमाण हुनेछ। यहाँको उपस्थिति नै हाम्रो संस्कृति, पहिचान र एकताको बलियो प्रमाण हुनेछ। हार्दिक निमन्त्रणा।”